यो हप्ता तीन नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । नेपाली चलचित्रले सोलो रिलिज पाउनु भनेको फलामको चिउरा चपाउनुसरह भएको छ । यसैबिच शुक्रबारबाट रिलिज भएको चलचित्र 'कुम्भ करण' ले शुक्रबार प्रेस सो आयोजना गरेको थियो । सोमा चलचित्रका कलाकार, चलचित्रकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थीत रहेको थियो । निर्माण टिमले पनि अतिथीहरुसँग बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछी मिडियासँग कुरा गर्दै चलचित्र राम्रो बनेको भन्दै सकारात्मक प्रतिकृया दिएका थिए ।
कमेडी जनराको 'कुम्भकरण'ले पहिलो हाफसम्म दर्शकलाई हसाउँदै बाध्ने र सेकेण्ड हाफमा सस्पेन्सलाई स्थान दिएको छ । चलचित्रका मुख्य कलाकार भोलाराज सापकोटा, गौरव पहारी र अभय बरालको अभिनयको सबैले तारिफ गरेका छन् । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुम्भकरण’का कार्यकारी निर्माता रोम वली हुन्, भने खड्क वुढाथोकी र क्षितिज बस्नेत चलचित्रका निर्माता हुन् । महेश दवाडीले चलचित्रको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । चलचित्रमा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतको मुख्य भूमिका रहेको छ ।