साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र 'मारुनी'को फस्टलुक सार्वजनिक गरिएको छ ।साम्राज्ञी चलचित्र ‘इन्टु मिन्टु लण्डन' पछी करीब एक वर्षपछी चलचित्र ‘मारुनी’ मार्फत आउँदै छिन् । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी र नायक पुष्प खड्कालाई देखाइएको छ भने चलचित्रको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन ।  निर्मात्री गौतम भन्छिन्–‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा चलचित्र बनाएका छौ । चलचित्रमा थुप्रै ट्विस्ट छन् । चलचित्रले दर्शकलाई छुन्छ ।’ यसैगरी साम्राज्ञीले पनि आफ्नो अहिलेसम्मकै महत्वकांक्षी चलचित्र भएको बताएकी छिन् ।