बलिउड अभिनेता आमिर खानलाई जति उनको अभिनय कलाले चिनिन्छ् उति नै उनी मिस्टर परफेक्शनिस्टले पनि परिचित छन् । आफूले निवार्ह गर्ने जुनै पनि चलचित्रमा मेहनत गर्ने आमिर मौसमको बदलाव जसरी नै आफ्नो शरीरलाई परिवर्तन गरिरहेका हुन्छन् ।

 चलचित्र गजनी देखि दंगल सम्म आइपुग्दा आमिर को हरेक भूमिका फरक छन् र ती पात्रको लागी उनले जीउँजान नै लगाएका हुन्छन् । 
चलचित्र दंगलमा उनले तौल १२० किलो थियो । तर, केही समयको अन्तराल पछि नै उनले आफ्नो तौल ७० मा पुर्याए । यति बेला आमिर ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ गर्दै छन् । यसै चलचित्रको लागी उनले आफ्नो तौलमात्र घटाएनन् , शरीरको प्रकार समेत बद्लेका छन् ।  सुटिङ सेटबाट सार्वजानिक भएको एक तस्बिरमा आमिरलाई धेरै नै दुब्लो देखिएको छ ।