‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपती’ लगायतका चलचित्रबाट नाम कमाएका र दर्शक/ समिक्षकको नजरमा पर्न सफल अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछानेले चलचित्र 'पानीफोटो'बाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको अफिसियल रुपमा निर्माण घोषणा गरिएको छ । यस वार ड्रामा टुकी आर्ट्स र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने छ ।१५ वर्ष अगाडी द्धन्द्व कालमा हराएको छोराको प्रतिक्षामा बसेका बाबुआमाको कथा चलचित्रले भन्ने छ । चलचित्रको आगामी भाद्र महिनादेखी छायाङ्कन सुरु हुनेछ । चलचित्रमा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, अशान्त शर्मा, श्याम कुमार खड्का लगायत कलाकारको अभिनय रहनेछ ।