लामो समयदेखी प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ यतीबेला चलचित्र 'पोइ पर्‍यो काले' को सुटिङको लागी पोखरामा छन् । सुटिङ सेटमै भेट हुँदा यि जोडी एक अर्काको लारिफ गर्न र आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गर्न कत्ती पनि हिचकिचाएनन् । अलि अन्तर्मुखी स्वभावका सौगात र शृष्टी यतिबेला आफ्नो प्रेमको मध्य बिन्दुमा पुगेका छन् । पहिलो पटक एउटै चलचित्रमा काम गरिरहेका  यि दुइ आफ्नो विवाहदेखी करीयरको बारेमा सोचेर अगाडी बढिरहेका छन् । सौगात र शृष्टी यस्ता प्रेमी हुन् जसले न एक अर्कालाई माया पोख्नु पर्ने स्थितिमा राखेका छन् न त आजसम्म कसैले प्रेम प्रस्ताव राखेका नै छन् । तै पनि उनिहरुको प्रेम देख्दा लाग्छ पुर्व जन्ममा एक हुने कसम खाएरै यो जन्ममा साथ भएका हुन् ।

विवाहको बारेमा पनि उनिहरु न त हतारिएका छन् न त कुनै तुष राखेका छन् । उनिहरुका अनुसार अब केहि वर्षभित्र उनिहरु वैवाहिक सम्बन्धमा बाँधिने छन् । आफ्नो प्रेमको गाँठो खोल्दै सौगातले आफुले शृष्टिलाई उनि अभिनित नाटक 'ह्याम्लेट' मा देखेदेखिनै मन पराउन थालेको र मनमा बसेको बताउँछ्न् । प्रेम र गसिप सम्बन्धी कुरा गर्दै सौगातले जहिले भए पनि हाम्रो प्रेमको खुल्ने नै थियो भने त्यसमा कुनै अनौठो नमानेको बताए । सौगातले आफ्नो करीयरलाई अर्कै मोडमा पुर्याएको र करीयर प्रतिको सम्मान गर्ने बानीले झन सजिलो बनाएको शृष्टिले खुशी व्यक्त गरिन् । विवाहले मान्छेलाई सामाजिक बनाउने र एक दिन आफुहरु पनि विवाहको लागी उत्साहित भएको शृष्टिको भनाइ छ । लिभिङ रिलेसनमा रहेका उनिहरु एक अर्काको हरेक कुरालाई साथ दिने र कमी कमजोरी पनि सच्च्याउन मद्दत गर्ने बताउँछन् ।