नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई लिएर चलचित्र ‘मिस्टर नेपाली’ बन्ने भएको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण घोषणा गरेसँगै छायाङ्कन पनि सुरु भएको छ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ। चलचित्रमा भुवन खलनायक र नायक दुबैको भूमिकामा देखिन लागेका हुन् । नवलपरासीमा छायाङ्कन गरिने चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतका साथै बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ ।