पछिल्लो समयको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर ३’ले पोर्चुगल र लण्डनमा प्रिमियर सम्पन्न गरेको छ । नेपालमा बम्पर व्यापार गरेको सिनेमाले युरोपका प्रदर्शनका प्राय सोज् हाउफुल भएका छन् । विदेश प्रदर्शनको लागी यतीवेला निर्देशक झरना थापा र नव नायिका सुहाना थापा युरोपमा छन् । थापा परिवारको उपस्थीतीमा त्यहाँ प्रिमियर सम्पन्न भएको हो । डेब्यु नायिका सुहानाले युवा स्टार अनमोलसँग स्क्रीन साझेदारी गरेको चलचित्रलाई दर्शकले मन पराउनुको साथै सुहानाको अभिनयको पनि प्रशंसा गरेका छन् । यसैगरी सुहानालाई सम्भावना बोकेकी नायिकाको रुपमा चिनेका छन । ‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रेयर राई, रश्मी भट्ट, विशाल पहाडी, अर्पण थापा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।