काठमाडौं रात्री जीवनको कथा समेटिएको चलचित्र ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । जेष्ठ ३१ गतेलाई रिलिज मिति तोकिएको चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । सुरवीर पण्डित उर्फ दाह्री बालाई फरक भूमिकामा देखाइएको यस चलचित्रको ट्रेलरमा चलचित्रका सबै कलाकारलाई समेट्ने कोसिस गरिएको छ । पण्डितको यस उपस्थितिले चलचित्रमा उनको नेगेटिभ रोल भएको बुझ्न सकिन्छ जसलाई दर्शकमा कौतुहलता जन्माइदिएको छ। 'झट्का' मा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, मनिता श्रेष्ठका अलवा रक्षा गुरागाइँ, ईश्वर गुरुङ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ । रमेश बिसुङ्खेले निर्देशन रहेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक स्वंयमको रहेको छ। जीवन पराजुलीले छायाँकन गरेको चलचित्रलाई तुलसीलाल नेवाले निर्माण गरेका हुन् ।