नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीत  'दिलको फ्रेममा' सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा अहिलेका हिट कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । गीतमा संगीत दिपक शर्माले दिएका छन् । साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा आँचल र पुष्पको जोडी निकै सुहाएको छ भने माया प्रेम सपना अनि माया पाउन गरिने बाचा कसमलाई प्रस्तुत गरिएको छ । अझ धन सम्पती भएको र परदेशमा रहने प्रेमीले आफुले मन पराएको मान्छेलाई फकाउन गर्ने प्रयासलाई गीतमा देखाइएको छ । गीत ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।