पछिल्लो समय दर्शकको अपार माया र साथ पाइरहेको गीत 'गलबन्दी' यतिबेला ट्रेन्डिङको नम्बर एकमा छ । लगातार केहि दिन यता आफ्नो स्थान स्थिर बनाउन सफल यस गीताका गायक सर्जक प्रकाश सपुत यतिबेलाका हट केक बनिरहेका छन् । गीतको सफालतासँगै गीतको पृष्ठभुमी यसको भाव र निर्माणको बारेमा दर्शकको जिज्ञासा आइरहेको छ । यसै बिच प्रकाशले आफुले यो गीत कहिले र कुन समयमा रचना गरेँ भन्ने याद नभएको तर गीतमा फरक पन ल्याउन भने धेरै मिहिनेत गरेको बताउँछन् । आफुले सानो उमेरमा बाँचेको जिवन जहाँ परदेशबाट कोही घर फर्किँदा स्वागत स्वरुप सबै गाउँले मिलेर रातभर गीत/ भजन गाउँदै रमाइलो गर्ने, कसैको विवाह हुँदा आमा दिदीबहिनिले रात भर रत्यौली गाएर बस्ने जस्ता अत्यन्तै साङ्गीतिक माहोल भएको र त्यसैको छप आफुमा रहेको थियो ।

त्यही भाव र आत्मियतालाई गीत गलबन्दीमा समेट्ने कोसिस गरेको उनि बताउँछन् । यसका साथै गीतको शब्द रचना गर्न भन्दा बिचमा प्रयोग भएका तुक्का र रमाइला गीतको प्राशङ्गीक वाक्याङ्शहरु तयार गर्न धेरै मिहिनेत र समय लागेको कुरा प्रकाशले खोलेका छन् । उनको विचारमा ति नै उक्तीहरुले गीतमा स्वास भरेका  हुन् । गीतको भिडियोमा प्रकाशका आफ्ना परिवार र गाउँका आफन्तलाई लिएको र उनिहरुको उपस्थितिले गीतको महत्व झन बढेको उनि बताउँछन् । 'बोल माया २' को तयारी गरिरहेका प्रकाशले 'बोला माया'का दर्शले धेरै माथीको आशा नराखुन् ताकी आफुले त्यस अनुरुप काम गर्न सकिएन भने पनि दर्शक निराश हुनु नपरोस भन्ने हिसाबले बिचमा 'गलबन्दी' ल्याएको बताउँदै गर्दा अब गलबन्दीले जगाएको आशा पुरा गर्न उनले गर्नु पर्ने मिहिनेत त साधना झन बढेको आभाष हुन्छ । आफुलाई भर्साटायल कलाकारको रुपमा स्थापित गरिसकेका उनले पछिल्लो समय 'दोहोरी ब्याटल' लिएर आएका थिए जसले उनलाई मिश्रीत प्रतिकृया दिलाएको थियो । लोक दोहोरीको दुरुप्रयोग गरेर बदनामी गराएको समेत आरोप खेपेका प्रकाश भन्छन् अब मैले काम गर्छु भनेर दर्शक शुभ चिन्तकले चिन्ने अवसर गलबन्दीले दिलाएको छ ।