नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएको चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा पत्रकार भेटघाट तथा अन्तर्कृया कार्यक्रमबिच सार्वजनिक भएको टिजरमा नम्रतालाई यस अघि उनले अभिनय गरेको भन्दा फरक अवतारमा प्रस्तुत गरिएको छ ।पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । आशुतोष राज श्रेष्ठको डेब्यु निर्देशन रहेको चलचित्र मिक्स मार्शल आर्ट केन्द्रित भए पनि रिभेन्ज प्लट रहेको बताइएको छ । भदौ ६ गतेलाई रिलिज मिती तोकेको चलचित्रमा नम्रताका साथमा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायत कलाकारको अभिनय रहेको छ ।

नम्रताको मार्सल आर्ट लुक्स सहित चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । सिनेमामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ ।कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।