अर्पण थापाको निर्देशनमा निर्माण भएको हरर चलचित्र 'घर'को ट्रेलर सार्वजनिक भएको छ । श्रावण ३ गतेबाट देशब्यापी रुपमा प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रको ट्रेलर निकै सस्पेन्स अनि डरलाग्दो रहेको छ । गत वर्ष अर्पण थापाकै निर्देशनमा निर्माण भएको हरर चलचित्र 'सुनकेशरी’ले नेपालमा हरर जनराको पनि भविष्य राम्रो रहेको छ भने प्रमाण गरेको थियो भने यस चलचित्र 'घर' ले पनि दर्शकको मन जित्ने ट्रेलरबाट प्रष्ट हुन्छ । चालचित्रमा निर्देशक तथा अभिनेता अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमालको मुख्य अभिनय रहेको छ भने ट्रेलरमा सस्तो दाममा नयाँ घर किनेका एक दम्पतीले घरमा सरे लगत्तै आभाष गरेको अस्वभाविक घटना र अदृश्य शक्तिको नकारात्मक प्रभाब देखाइएको छ । जसलाई मृत आत्माको मानिस जातीसँगको द्वन्द रहेको हुन्छ । चलचित्रको कथा यसै पृष्ठभुमिमा घुमेको बुज्न सकिन्छ । पहिलो पटक सुरक्षा र बेनिशालाई फरक अवतारमा देखाइएको छ । डिएस डिजिटल प्रालीको व्यानरमा निर्माण गरिएको चलचित्रकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् भने निर्देशक दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डेले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई निरज कँडेलले छायाँकन गरेका हुन् ।