एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’को उपाधि अंकित सुवेदी र पायल गुरुङले जितेका छन् । बुधबार राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधी प्रदान गरिएको थियो । उपाधिसँगै अंकित र पायलले ३० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् । यो आफ्नोलागि निकै नै खुशीको क्षण भएको दुबैले बताएका छन् ।साथै प्रतियोगीतामा फस्ट रनरअप दिया राई र सेकेन्ड रनरअप आकृती सदाशंकर भएकी छिन् ।