मोडल तथा कलाकार परमिता आर.एल. राणाले अभिनयको क्षेत्रमा आफ्नो फरक पहिचान बनाइसकेकी छिन् । आफ्नो क्षमताको कुनै दायरा नभएको प्रमाणित गर्दै उनले गायिकाको रुपमा डेब्यु गरेकी छिन् । 'क्विन' शिर्षकको गीत सार्वजनिक गरेकी परमिताले कुनै समय डिप्रेसनको सिकार भएर आत्महत्याको प्रयाससम्म गरेको स्विकार्छिन् । उनले गाएको गीत 'क्विन'मा आफुलाई कमजोर सोच्ने र दुनियाको डरमा आफ्नो क्षमतालाई लुकाउने हरुलाई मनोबल प्रदान गर्न सक्ने भाव भेटिन्छ । सफलता असफलता भनेको मान्छेको आत्मविश्वासले निर्धारण गर्छ र क्षमता सबैमा हुन्छ मात्र चिन्नु पर्छ भन्ने सम्देश गीतले दिन खोजेको छ । परमिताको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उनको गीतलाई पिरोले कम्पोज र शब्द रचना गरेका हुन् भने गीतको भिडियो निर्देशन, एडिटिङ र निर्माण ‘सिके’ले गरेका हुन् । यसैगरी भिडियोमा कोरियोग्राफी इन्ता चाम्लिङ राईको रहेको छ ।