काठमाडौँ– पछिल्ला केही वर्ष यता चलचित्रका गीतसंगीतले नयाँ मोड लिएको छ । चलचित्रका गीतहरुले दर्शक श्रोताका मन जित्ने क्रममा यस वर्षको सवार्धिक हिट गीत ‘कुटुमा कुटु’ले नयाँ रेर्कड राखेको छ । रिलिज भएको ४ साता नबित्दै ‘कुटुमा कुटु’लाई युट्युवबमा ५० लाख भन्दा बढीले हरेका छन् । केही वर्ष एता हिट गीतको मापन युट्युबबाट हुने गरेको छ । युट्युबमै हिट गीतलाई उत्कृष्ट मान्न सकिन्छ । त्यसैले पनि हिट गीत ‘कुटुमा कुटु’ले विश्व सङ्गीत दिवसका दिन यो आँकडा पार गर्नुलाई लक्की मान्न सकिन्छ ।

यसको साथै ५० लाख दर्शकले हेरका उक्त भिडियोमा ४० हजार भन्दा बढी लाइक रहेको छ । नेपाली गीतमा सर्वाधिक हेरिएको गीत ‘सुर्के थैली’ लाई हेर्नी दर्शक २ करोड पुगेता पनि लाइक ३७ हजार मात्र रहेको छ यस्तै ‘ठमेल बजार’ बोलको गीतमा ६० हजार लाइक छ ।थौरे भ्युमा धेरै लाइक पाउनेमा ‘कुटुमा कुटु’ पर्दछ् ।  राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतलाई मेलिना राई र राजन इसानले साथ दिएका छन् । चलचित्र ‘दुई रुपैयाँ’मा समावेश रहेको ‘कुटुमा कुटु’ लोक भाका मिश्रित रहेको छ । 

चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत, बुद्धि तामाङ, असिफ शाहको चलत्रिचमा मुख्य भूमिका रहेको छ ।  ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुँदैछ ।