नेपाल चलचित्र कलाकार संघको चुनाव नजिक आउँदै गर्दा चुनाबी माहोल हेर्न लायकको बनेको छ । चुनाबी मैदानमा उठेका कलाकारहरु आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुका साथै एजेन्डा प्रस्तुत गर्नमा व्यस्त रहेका छन् । जेठ २५ गते हुने चुनाबमा कलाकार संघको नयाँ अध्यक्ष पदका लागि कलाकार रविन्द्र खड्का र सरिता लामिछाने एक अर्काको प्रतिपक्षमा उभिएका छन् । संघको मुख्य जिम्बेवारी ग्रहण गर्दै नयाँ दिशा प्रदान गर्ने उद्देश्यका साथ यि दुइ उम्मेरद्वारले प्रतिबद्दता एवम् एजेन्डा प्रस्तुत गरिसकेका छन् । यस्तै उपाध्यक्ष पदको लागि मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई, रेजिना उप्रेती गरी चार जनाले उम्मेदवारी लिएका छन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडा सचिव पदमा कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
कोषाध्यक्षमा कलाकार सुनिल कटुवाल निर्विरोध चुनिएका छन् र सह-कोषाध्यक्षमा पवित्रा आचार्य र डिबी बम्जन चुनावी मैदानमा छन् । यसै गरी सदस्य पदका लागि उम्मेदवारी दिनेको सँख्या कम छैन् । सदस्य पदका लागि श्यामकृष्ण श्रेष्ठ, धनराज केसी, लक्ष्मण चौलागाइँ, गोपाल ढकाल छन्दे, शीतल केसी, जिके श्रेष्ठ, सुदर्शन आचार्य, धर्मानन्द आचार्य, किशोर भण्डारी, रोहित रुम्बा, जयकिसन बस्नेत, पवनप्रसाद खतिवडा, उद्धवप्रसाद भट्टराई, शारदा नेपाल, माधव पौडेल, राजेन्द्र कुमार विसुराल, जीवन थापाले उम्मेदवारी दिएका छन् ।