रियल लाईफ जोडी प्रियंका कार्की आयुष्मान देशराज जोशीले स्क्रीन सेयर गरेको चलचित्र 'प्रेम दिवस'को शिर्ष गीत 'फुल दिएँ तिमीलाई' सार्वजनिक भएको छ । यिनै रियल र रिल लाईफ जोडिले यस गीतमा स्वर पनि दिएका छन् । सुरज तामाङ र शैलु आर एल सिंह को स्वरमा रहेको ओरिजिनल गीतको रिमेकमा यो जोडिले आवाज भरेको हो । उनिहरुले यस अघि पनि सँगै कभर गीत गाइसकेका छन् । करण राज कार्कीको सङ्गीत रहेको गीत सन्तोष पोख्रेलाले रचना गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा प्रियंका र आयुष्मानलाई नै फिचर्ड गरिएको छ । गीतमा माया प्रेमको भाव समेटिएको छ । चलचित्र 'प्रेम दिवस'लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । यसैगरी मनेश दाहालले निर्माण गरेका हुन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । यसैगरी  प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रका गीतका भिडियोहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । चलचित्र जेठ ३१ गते देखी प्रदर्शनमा आउँदै छ ।