गायक सन्तोष लामाको गीत 'मङ्सिर' सार्वजनिक भएको छ । 'एकतारे'को शब्द रहेको गीतको भिडियो सहित शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सुशान्त गौतमले सङ्गीत दिएका छन भने शैलेन्द्र एम प्राधाले एरेन्ज गरेका छन् । यसैगरी गीतको भिडियोमा टिक टक भाइरल भएकी अमिता गुरुङ, सन्तोष लामा फिचर्ड छन् यसका उनिहरुलाई विजर एरा क्रुले साथ दिएको छ । गीतको भिडियोलाई सन्तोष आफैले निर्देशन गरेका छन् भने बिकाश गुरुङले कोरियोग्राफी गरेका हुन् । गीतमा घरजम गर्नको लागी मन परेकी केटीलाई फकाउन अनेक बहाना र फकाउने तरिका अपनाइएको देखाइएको छ । सन्तोष लामाले आफ्नै अफिसियल युट्युबा च्यानलबाट रिलिज गरेको फरक शैलीको मनोरन्जनात्मक गीतलाई दर्शकले मन पराउने देखिन्छ ।