पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक ध्रुब बिस्कोको स्वर रहेको गीत 'ब्युटी पार्लर' सार्वजनिक भएको छ । फरक स्वादको यस गीतको भिडियो सहित शुक्रबार युट्युबमा रिलिज भएको हो । गीतको भिडियोमा युवा पुस्तामाझ लोक प्रिय पल शाह र पछिल्लो समयकी व्यस्त र हट नायिका प्रियंका कार्की फिचर्ड छन् । ब्युटी पार्लर भन्ने बित्तिक्कै आफुलाई शृङ्गार्ने र सुन्दर बनाउने ठाउँ बुझिन्छ गीतमा पनि यही ठाउँको विषयलाई लिएर प्रेम र सुन्दरताको अर्थ र यसको महत्वको भाब व्यक्त गरिएको छ । श्रमिक बरालको शब्द संगीतकार दिपक शर्माको संगीत रहेको गीतलाई उदय राज पैडेलले एरेन्ज गरेका हुन् । यसैगरी सरोज ओलीले निर्देशन गरेको गीतको भिडियोलाई राजिब समारले छायाङ्कन गरेका हुन् ।