अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । रेखा फिल्समको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘रुद्रप्रिया’लाई सुदीप भूपाल सिंहको निर्देशन गरिरहेका छन् । अहिले चलचित्रको सुटिङ बन्दिपुरमा भइरहेको छ । सोमबार चलचित्रको एउटा गीत छायाङ्कन गरिएको थियो । उक्त गीतको लागी सेट बनाउन मात्र १८ लाख लागेको निर्माण टिमले दाबी गरेको छ ।

नेपाली चलचित्रमा पहिलो पल्ट धेरै लाइट लगाएर छायाङ्कन गरिएको निर्माण पक्षले बताएको छ । उक्त सेटको लागी मात्र ८ हजार लाइटकाे साथै ८० जना काेरस  प्रयोग गरियो अभिनेत्री थापाले बताइन् । छायाँकन भइरहेकाे गीतमा स‌‍‌गीत राजनराज सिवाकाेटीकाे रहेकाे छ । सरस्वती थापा निर्माताको रूपमा रहेको चलचित्रमा रमेश पौडेल कार्यकारी निर्माता हुन् । चलत्रिच ‘रुद्रप्रिया’ लक्ष्मी पूजालाई लक्षित गर्दै यही कात्तिक २ गते प्रदर्शनमा आउने छ ।