शनिबार राजधानीमा आयोजना भएको नेपाल चलचित्र कलाकार संघको १७औँ साधारणसण सभा तथा संघको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् । प्रतिद्वन्दी सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्ष समेत रहेका खड्का विजयी भएका हुन् । बिजेता खड्काको पक्षमा २१८ मत परेको थियो भने लामिछानेको पक्षमा १६१ परेको थियो । उपाध्यक्षमा उम्मेरद्वारी दिएका  रेजिना उप्रेती र सानुकुमार ताम्राकारले क्रमश २४३ र १७५ मत ल्याए । रेजिनाले सामुकुमारलाई ६८ मतले पछी पारिन् भने अन्य दुइ उमेदवार मनोज केसी (१४२) र विनोद भट्टराई (९६) मतले पछि परे । यसैगरी महासचिवमा चेतबहादुर सिंह राजा १८७ मतका साथ निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए ।

कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का, सानुकुमार बाहेक खड्का प्यानल बिजयी

सचिव पदमा पनाह अधिकारीले १९४ मत पाएर विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत खस्यो । कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य विजयी भइन । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका थिए । पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् । संघको विकास र चलचित्र क्षेत्रमा बिद्यमान बेथिती कम गर्दै समग्र नेपाली चलचित्र लाई माथी उठाउने उद्देश्य राखेर नेतृत्व हातमा लिने साह्स गर्ने सम्पुर्ण बिजेताहरुमा शुभकामना ।