नेपाली साङ्गीतिक दुनियाँमा सत्यराज आचार्यको नाम जती उँचो छ उति नै कर्णप्रिय उनले आवाज भरेका गीतहरु छन् । यिनै सत्यराजले अहिलेकी अर्की लोकप्रिय र सुमधुर स्वरकी धनी मेलिना राईसँग सहकार्य गर्दै नयाँ गीत लिएर आएका छन् । ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ भने भिडियोमा विजय कटुवाल र सिम्रन बस्नेत फिचर्ड छन् । अस्ट्रेलियाको बिभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोलाई सिम्रन आफैले कोरियोग्राफी गरेकी हुन् । प्रेमको भाव बोकेको गीत सुमधुर रहेको छ जसमा प्रेम र समर्पण झल्किन्छ ।