उमेर केबल एउटा सँख्या त हो भन्ने भनाइ महानायक राजेश हमालको जिवनमा चरितार्थ हुन्छ । जिवनका ५४औँ बसन्त पार गरेका राजेश हमाल सन् १९६४मा आजकै दिन पाल्पामा जन्मिएका थिए । पिता चुडा बहादुर हमाल, तत्कालिन पाकिस्तानको लागी नेपाली राजदुताको कार्यकालमा पितासँगै उनको कार्यक्षेत्रमा रहेर शिक्षा हासिल गरेका उनले आफ्नो स्नातकोत्तर सम्मको पढाइ दिल्ली विश्वविध्यालयबाट सम्पन्न गरेका हुन् ।हमालले २०४८ सालमा उनका मामा दीपक रायमाझीद्वारा निर्देशित  चलचित्र 'युगदेखि युगसम्म'बाट नेपाली राजतपटमा पाइला राखेका थिए । तीन दशकमा दुइ सय बढी चलचित्रमा अभिनय गरिसकेका हमालाले नेपाली राजतपटमा पाइला राखेसँगै कहिल्यै पछाडी फर्केर हेर्नु पर्ने अवस्था आएन । 'हामी तीन भाइ,'देउता','अल्लारे','अजम्बरी नाता','पालेदाई','आशीर्वाद'लगायत चलचित्र उनका सफल चलचित्रका सुचिमा पर्छन् । हरेक किसिमको भूमिकालाई न्याय गर्ने खुबी भएका हमालका चलचित्रहरुले बिशुद्ध नेपाली पन, आफ्नै शैली र पहिचानलाई महत्व दिने गर्छन् ।  
 

एक समय वर्षमा १५/१६ ओटा चलचित्रमा काम गरेका महानायक पछिल्लो समय सफल चलचित्र दिन सकिरहेका छैनन् भने यती बेला उनि, फ्रेन्चाइज सो 'को बन्छ करोडपती' सन्चालनमा व्यस्त छन् । श्रीमती मधु भट्टराईसँगको वैवाहिक जिवनमा गाँसिएका उनि आफ्नै व्यक्तिगत काम र विशेष कार्यक्रममा मात्र सहभागी देखिन्छन् । उमेरले ५५ लागिसक्दा पनि राजेशमा कुनै आलस्यता र काम प्रती बितृष्णा जागेको छैन बरु केहि समय यता उनि निर्देशनमा हात हाल्ने कुरा चलचित्र वृतमा सुनिन थालेको छ । अभिनयमा महानायक को उपाधी पाइसकेका राजेशले आगामी दिनमा निर्देशन/निर्माण जे सुकै काममा हात हाले पनि सफल बनुन् जन्मदिनको शुभकामना ।