सिन्धु मल्ल र अमित बरालको स्वर रहेको गीत “पिरतीको जाल”(चैर मुसी चैर) सार्वजनिक भएको छ । युट्युबमार्फत भिडियो सहित सार्वजनिक भएको गीतमा शब्द-संगीत सुदम थापा र नरेन्द्र राज रेग्मीको रहेको छ । गीतलाई केशब बाबुले एरेन्ज गरेका हुन् । मधेसको परिवेश र शैली अपनाउँदै निर्माण गरिएको गीतको भिडियोमा अहिलेका चकलेटी नायक मोडल पल शाह र अभिनयमा अब्बल मानिएकी नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । शिव बि.कको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा पल र वर्षाले कम्मर मर्काउँदा गीत अझ सुन्दर भएको महसुश हुन्छ । फरक शैली र सुमधुर स्वरमा बनेको गीतले केहि फरक पन र केहि हाम्रो मौलिक पन बोकेको छ । गीत तथा गीतको भिडियोलाई दर्शकले सकारात्मक प्रतिकृया दिइरहेका छन् ।