गत वर्ष रिलिज भएको चलचित्र ‘नाइँ नभन्नु ल ५’ यति बेला युट्युबमा सार्वजनिक भएको छ । हलमा सुखद व्यवसाय गरेको यो चलचित्रले युट्युबमा यति बेला प्रशंसा बटुलिरहेका छन् । यो चलचित्र हाल करिब ३० लाख भ्युज् सहित नेपालको ट्रेडिङ नम्बर एकमा रहेको छ । चलचित्रमा दुई बाल कलाकार सेड्रिना शर्मा र अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट डेव्यु गरेकी सेड्रिनाले अभिनयको कारण दर्शकको मन जित्न सफल भएकी छिन् । करिब ४ महिनाअघि पढाईको सिलसिलामा भारत पुगेकी सेड्रिना हाल गर्मी बिदा मनाउन नेपालमा छिन् । यसै बेला उनी अभिनीत चलचित्र पनि युट्युबमा सार्वजनिक भइदियो । यसै बिच भेटघाट र मनोरञ्जनमा समय दिइरहेकी सेड्रीनासँगको कुराकानीमा आफू लामो बिदा हरुमा नेपाल फर्किँदा साना साना कामहरू गर्ने बताउँछिन् ।

युट्युबमा रिलिज भएकाे 'नाइँ नभन्नु ल ५'की सेड्रिनाकाे प्रसंशा !

होस्टलेमा छँदा मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल सबैबाट टाढा रहनु परेको र नेपाल, आमाबुवा, उनलाई माया गर्ने दर्शक सबैलाई आफूले धेरै सम्झने उनले बताइन् । उनी भन्छिन् आफूलाई पढाउने शिक्षकहरूले आफ्नो म्युजिक भिडियो र अन्तर्वार्ताहरू हेरेर प्रशंसा समेत गर्ने गर्छन् । पढाइमा पनि राम्रो गरिरहेकी सेड्रीना छिट्टै बिदा सकेर फर्किँदै छिन् ।यसै चलचित्र ‘नाइँ नभन्नु ल ५’ बाट नेपाली राजतपटमा पाइला राखेकी सेड्रीनाले आफूलाई प्रमाणित गर्न धेरै समय कुर्नै परेन । चलचित्रले उनलाई दर्शकले बिर्सिनै नसक्ने बनाइदियो । यसैबिच उनले केही म्युजिक भिडियोहरूमा पनि काम गरिन् ।

पढाइ, कलाकारिता, व्यवहार सबैमा शालीन अनि भावुक सेड्रीनाले चलचित्रमा र रुवाइन् रुवाइन् आफै पनि केही महिना अघि रुँदै भारत लागिन् । आफ्नो पढाइको लागी सेड्रीना विगत ४ महिना यता भारतमा छिन् । आफ्नो परिवार, नाम, इज्जत अनि प्रेम दिलाएको चलचित्र क्षेत्र, माया गर्ने दर्शक सबैबाट टाढा रहेर होस्टलेमा अपरिचित वातावरण अनि नयाँ परिवेशमा आफ्नो पढाइ र योग्यताको लागी समय दिइरहेकी छिन् ।