भारतीय टेलिभिजन 'जी टिभी'को रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणका सहभागी नेपाली बाल प्रतिभा प्रितम आचार्य र आयुश केसी क्रमशः तेस्रो र चौथो विजेता बनेका छन् । टप ९लाई उछिन्दै फाइनलमा पुग्न सफल भएका उनीहरूमा एकले विजेताको ताज पहिरिन्छन् भन्ने अनुमान नेपाली लगायत उनीहरूका फ्यानहरूले लगाएका थिए । तर सबैको अनुमान गलत साबित हुँदै भारतकी १४ वर्षिय सुगन्धा दाँते सारेगमप २०१९की विजेता भइन् । उपाधि पाउनु र नपाउनु भिन्न कुरा हुन् तर आयुश र प्रितमले सम्पूर्ण नेपाली र सङ्गीत प्रेमीको मन जितिसकेका छन् । प्रतियोगिताको रिजल्ट सार्वजनिक भएपछि उनीहरू आज नेपाल फर्केका छन् । आयुष सिन्धुपाल्चोकका हुन् भने प्रितम इटहरीका हुन् ।