निखिल उप्रेतीको सङ्गीत रहेको चलचित्र ‘रुद्र’को पहिलो गीत सार्वजानिक भएको छ । ‘अम.. च्याङग्बा बोलको शेर्पाली फ्लेवरको उक्त गीतमा जगदीस्वर थापाको शब्द, शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना आमात्यको स्वर रहेको छ । सार्वजानिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विश्व शर्मा र साराको अभिनिय रहेको छ । गीतमा नेपालीको साथमा अङ्ग्रेजी शब्दहरू समावेश गरिएको छ ।
साउन १३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘रुद्र’लाई रामजी लामिछानेले निर्देशन गरेका हुन । केही दिन अगाडी रिलिज ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । पहिलो पल्ट निखिल भिलेनको भूमिका रहेको चलचित्र ‘रुद्र’मा निखिलसँगै विश्व शर्मा, सारा, गोपाल कायस्थ लगायतका कलाकारको अभिनय छ ।