भारतीय टेलिभिजन 'जी टिभी'को रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणका सहभागी नेपाली बाल प्रतिभा प्रितम आचार्य र आयुश केसी क्रमशः तेस्रो र चौथो विजेता बनेका छन् । आइतबार ग्राण्ड फिनाले मार्फत नतिजा सार्वजनिक भएपछि उनीहरू नेपाल फर्किएका छन् । यसैबिच सेकेन्ड रनर अप भएका प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका परिवार, इष्टमित्र तथा शुभचिन्तकले उनलाई स्वागत गरेका हुन् । फूलमाला र उनको फोटो अङ्कित प्ले कार्ड सहित उनी पढ्ने स्कुलका विद्यार्थीहरूले पनि उनलाई स्वागत गरेका छन् । आफू र आफ्नो ठाउँ अनि देशको नाम राख्न सफल भएकाले उनलाई प्रोत्साहन र बधाई सहित स्वागत गरिएको हो । इटहरी निवासी प्रितम इटहरी कै विश्व आदर्श स्कुलमा अध्ध्यन गर्छन् ।