'उ जितेर गई या हारेर गई' जस्तो चर्चित गीत गाएर श्रोताको मन जित्न सफल गायक राज सिग्देलको नयाँ गीत 'भागवान् कसम' सार्वजनिक भएको छ । रोशनी खनालको शब्द रहेको गीतलाई गायक सिग्देल आफैले कम्पोज गरेका हुन् । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । गीतको भिडियो सहित राज सिग्देलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा राज स्वयं र रोशनी फिचर्ड छन् । गीतको भिडियोलाई राजेश साहले निर्देशन गरेका हुन् भने छायाङ्कन हरि हुंमागाईले गरेका हुन् । गीतमा माया प्रेम र समर्पणको भाव समेटिएको छ । गीतको भिडियोले साङ्गीतिक प्रेम र त्यसको सफलताको कथा बोकेको छ ।