पछिल्लो समयको चर्चित एवम् लोकप्रिय गीत हो प्रकाश सपुतको 'गलबन्दी' । फरक शैलीको मन छुने भाका अनि आकर्षक प्रस्तुति र भिडियो सबैको उचित संयोजन यस गीत धेरै दिनसम्म ट्रेन्डिङको नम्बर एकमा रहन सफल भयो । सबै उमेर समूह, ठाउँ विशेषका मानिसहरूले गीत मन पराए । यही लोकप्रिय गीत यति बेला सबैभन्दा छिटो १० मिलियन यानकी १ करोड भ्युअर्स पाउने पहिलो गीत बनेको छ । 'गलबन्दी'ले रिलिज भएको १८ दिनमै करोड भ्युअर्स पाएको हो । यस अघि अशोक दर्जीको स्वर रहेको गीत 'कोही छैन संसारमा'ले २९ दिनमा करोड भ्युअर्स पाएको थियो । गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ भने गीत प्रकाश आफैले कम्पोज र रचना गरेका हुन् । लोक शैलीमा बनेको गीतको भिडियोमा प्रकाश सपुत र अहिलेकी चर्चामा आइरहेकी अञ्जली अधिकारी लगायत टिम फिचर्ड छन् ।