चर्चित तथा सफल नेपाली चलचित्र 'कबड्डी' को तेस्रो शृङ्खला 'कबड्डी कबड्डी कबड्डी'को यति बेला छायाङ्कन भइरहेको छ । विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण हुने भनिएको चलचित्रलाई अर्गानिक स्वाद दिन पोख्त रामबाबु गुरुङको निर्देशन गर्दै छन् । चलचित्रलाई मनी राम पोख्रेल, ओम चन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । दयाहाङ राई , रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको मुख्य भूमिका रहने चलचित्रको छायाङ्कनको तस्बिर नायिका उपासनाले सार्वजनिक गरेकी छिन् । आफ्नो फेसबुकमा 'कबड्डी कबड्डी कबड्डीको सेटबाट' भन्दै केही फोटो सार्वजनिक गरेकी हुन् । तस्बिरमा उपासना र दयाहाङ राई केही केटाकेटीसँग रमाइरहेका देख्न सकिन्छ ।