मोडलिङबाट बलिउड हुदैँ हलिउड प्रवेश गरेकी अभिनेत्री दिपिका पादुकोण  हलिउडको एक अवार्डको मनोनयमा परेकी छिन् । उनले हलिउड अभिनेता भिन डिजेलसँग ’एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाट हलिउडमा डेब्यू गरेकी थिइन् ।


दीपिका ‘टीन च्वाइस अवार्ड इन च्वाइस मुभी एक्ट्रेस’ विधामा ‘नोमिनेसन’ मा परेकी हुन्। उक्त अवार्डको ‘च्वाइस एक्सन मुभी एक्टर’ को मनोनयनमा ‘एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाटै भिन डिजेल परेका छन्। यसै चलचित्रको चौथो सिरिजमा पनि दिपिका अनुबन्धित भइसकेकी छिन् ।