गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको आवाज रहेको गीत 'जिन्दगी खास भयो' सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना भएको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । शान थापाको निर्देशनमा बनेको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर्ड  छन् भने जिव समरको करियोग्राफी रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् र सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आफ्नो प्रेमलाई भेटेपछी जिन्दगी नै विशेष हुन उगेको भाव गीतमा समावेश छ ।