नेपाली चलचित्रलाई एक निश्चित घेरामा मात्र सिमित नगराई विश्वका अन्य चलचित्रहरुसँग प्रतिष्पर्थामा लान सक्नु समग्र नेपाली चलचित्र क्षेत्रकै लागी खुशी को कुरा हो । यो खुशीको अवसर दिनेमा एक हुन् मिन बहादुर भाम । यिनै मिन भामको नेतृत्वमा नेपाल–अमेरिका फिल्म फेस्टिभल यही असार १४ गतेदेखि सुरु हुने भएको छ । फेस्टिभलमा नेपाली मात्र नभएर यसपटक ६ अमेरिकी चलचित्र र दक्षिण एसियाली चलचित्र समेत देखाइने भएको छ । तीनदिने फेस्टिभलमा ३४ चलचित्र देखाइनेछ भने चलचित्र 'बुलबुल'को रेड कार्पेट प्रिमियर हुनेछ । फेस्टिभल जुरीमा मीनबहादुर भाम छन् र कि नोट स्पिचका लागि निर्देशक नवीन सुब्बा छनिएका छन् । यसैको लागी सुब्बा अमेरिका पुगिसकेका छन् । तेस्रो संस्करणको फेस्टिभलमा यसपटक विदेशी दर्शकलाई समेत सहभागि गराउने  लक्ष्य रहेको नेपाल–अमेरिका फिल्म सोसाइटी अध्यक्ष एवं महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए ।