साम्राज्ञी राज्यलक्ष्मी शाहले फरक खालको भूमिका निभाएको भनिएको चलचित्र 'मारुनी' को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । रिक्की शाक्यले रचना गरेको र दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीत मङ्गलबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का फिछर्ड छन् । पुर्ण रुपमा मनोरन्जनात्मक भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।  नवल नेपालको निर्देशन गरेको चलचित्रलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । गीतको भिडियोमा पुष्प र साम्राज्ञीको प्रस्तुती दमदार देखिन्छ । गीत डान्सिङ बिट्समा कम्मर मच्चाउन चाहने दर्शक श्रोताको मनमा बस्न सफल हुने देखिन्छ । भदौ १३ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रमा  पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ ।