राजधानीमा एक कार्यक्रमबिच चलचित्र 'पायल' निर्माणको साइत गरिएको छ । चलचित्रको आगामी शुक्रवारदेखि काठमाडौँका विभिन्न ठाउँमा छायाङ्कन सुरु हुने कार्यक्रममा जानकारी दिइएको छ । थ्रिलर जनारा बन्ने चलचित्रलाई दिनेश लिङ्देनले निर्देशन गर्ने छन् । लिङ्देन कै कथा रहेको चलचित्रले समाजमा विद्यमान समस्या र आपराधिक घटनाहरूलाई समेट्ने छ । कविता राई लिङ्देनको निर्माणमा बन्ने 'पायल'मा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलीप ठकुरीलगायतको अभिनय रहनेछ । चलचित्रका नायक निजी व्यवसाय सम्हाल्दै अमेरिकामा डेढ दशकदेखि रहँदै आएका र उनको पहलमा चलचित्र अमेरिका, सिङ्गापुर, बेल्जियम, हङकङ लगायत देशमा प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ ।