थिएटर हुँदै चलचित्रमा प्रवेश गरेकी नायिका हुन् – मेनुका प्रधान । मिडियामा त्यति नदेखिए पनि उनको  व्यस्तता चलचित्रमा भ्याइनभ्याइ छ । अब्बल अभिनयको पहिचान बनाएकी मेनुका प्रधानलाई भने आफूले काम गरेको चलचित्र हिट या फ्लप केही मतलब छैन । जेठमा मात्र उनी अभिनित ३ चलचित्र प्रदर्शन भए ,‘हिटलर’, ‘जालो’ र ‘रातो घर’ 

तर, ३ वटा  चलचित्रकाे कुनै पनि  प्रमोसनमा उनी देखा परिनन् । उनको अभिनयले धेरैकाे ध्यान खिचे पनि उनी अभिनित कुनै पनि  चलचित्रले दर्शकलाई भने हल सम्म तान्न सकेन । त्यसाे त मेनुका त्यति मिडियामा देखा पर्ने रुचाउदिन्न् । प्राय कामलाई मात्र प्राथमिकता दिने उनि यति बेला  महानगर नामक चलचित्रको छायाङ्कनमा व्यस्त छिन् । उनी अभिनित लालपुर्जा प्रदर्शनको पखाईमा छ ।कलाकारहरू आफ्नो चलचित्र प्रदर्शन हुने बेला विभिन्न उपाय अपनाउँदै मिडियामा छाउने गर्दछन् तर मेनुका त्यता पट्टि कुनै इच्क्षा छैन् । उनी चलचित्रमा काम गर्ने प्रति नै बढि चासाे राख्छिन् । चाँहे त्यो फ्लप होस् या हिट ।