बलिउड अभिनेत्री तनुश्री दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र 'हर्न ओके'को आइटम गीतको छायांकनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनका अनुसार, नाना पाटेकरले उनलाई विरोध गर्ने र गीत छायांकन गर्न नमान्ने हो भने आक्रमण गर्ने धम्की दिएका थिए । यसै विषयलाई लिएर नानामाथी उनले उजुरी नै दर्ता गराएकी थिइन् । यती बेला उनै अभिनेता नाना पाटेकरलाई बिहीबार प्रहरीले ‘क्लीन चिट’ दिएको छ ।

योसँगै तनुश्रीले आक्रोषित हुँदै ‘भ्रष्ट पुलिस फोर्स र कानुनी व्यवस्थाले धेरै भ्रष्ट व्यक्ति नाना पाटेकरलाई क्लीन चिट दिएको छ । उनीमाथि पहिले पनि फिल्मी उद्योगसँग जोडिएका कैंयौ महिलालाई धम्काउने, डराउने र यौन उत्पीडनको आरोप लागिसकेको छ’ भनेकी छिन् ।