यस हप्ताको शुक्रवार पनि हरेक हप्ताझैँ नेपाली हलहरूमा नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । यो हप्ता भने एक मात्र नभएर दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । नेपालमा पछिल्लो समय वर्षमा १०० हाराहारीमा चलचित्र बन्ने गरेका छन् यसै कारण पनि कुनै चलचित्रले सिङ्गल प्रदर्शनअको अवसर पाउनु भनेको सौभाग्य जुर्नु जस्तै हुन्छ । यो हप्ता पनि चलचित्र 'प्रेम दिवस' र 'झट्का' गरी दुई चलचित्र प्रदर्शनमा आएका हुन् । योगेश घिमिरे निर्देशित 'प्रेम दिवस'मा रियल लाइफ कपल प्रियंका कार्की, डेब्यु अभिनेता र आयुष्मान देशराज जोशीको प्रमुख भूमिका रहेको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ ।
यस्तै रमेश बिसुङ्खेले निर्देशन गरेको चलचित्र 'झट्का' सुरवीर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ लगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रले काठमाडौँको रात्रि जीवनको कथा भन्ने छ । चलचित्रमा सुरवीर पण्डित फरक अवतारमा प्रस्तुत भएका छन् । प्रचारप्रसार बिनै हलमा उत्रिएका यी चलचित्रले मल्टिप्लेक्समा न्यून सोज हात पारेका छन् ।