‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर सार्वजनिक भएको छ । अठारौँ शताब्दीको पूर्वार्धमा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान कीर्तिपुरमा गरेको आक्रमणको ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण भएको छ । प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र यही असार १३ गतेदेखि प्रदर्शनमा आउँदै छ । पाँच वर्षअघि नै निर्माण भएको चलचित्र विभिन्न र असहजताका कारण समयमा रिलिज गर्न नसकेको निर्माण पक्षको भनाइ छ । वीरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रलाई प्रेम खड्गी तथा अनन्त श्रेष्ठ सिनेमाले निर्माण गरेका हुन् । चलचित्रको शङ्कर महर्जन र नवीन जोशीले छायाङ्कन गरेका हुन् । चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतका कलाकारहरूको अभिनय रहेको छ ।