चलचित्र ‘जाइरा’मा फरक रूप र भूमिका निभाएर यसकै दौडाहामा व्यस्त नायिका नम्रता श्रेष्ठले 'जाइरा'सँगै आफ्नो ३२औँ जन्मदिन मनाइन् । यिनै सदाबहार नायिकाको जन्मदिनको अवसर पारेर आज काठमाडौँमा प्रतीक्षित चलचित्र 'जाइरा'को पोस्टर रिलिज समेत गरियो । चलचित्रमा मार्सल आर्ट खेलाडी (एम.एम.ए) को भूमिका निभाएकी नम्रता को जन्मदिनको केक समेट सोही कार्यक्रममै काटियो ।

आफूले काम गरेको चलचित्रमा शतप्रतिशत मिहिनेत गर्ने र आफ्नो भूमिकालाई न्याय गर्ने भरपुर कोसिस गर्ने उनले जाइरामा पनि हदसम्मको प्रयास गरेको उनको भनाइ छ । कामलाई आफ्नो इमान र तागत सम्झिने नम्रताको लागी जन्मदिन विशेष लाग्छ तर उमेर एउटा सङ्ख्या मात्र लाग्ने बताएकी छिन् । जन्मदिनको अवसरमा जिन्दगी र चलचित्रको कुरा गर्दै नम्रता भन्छिन् केही समय अघि डिप्रेसनको कारण जीवनलाई नैराश्यको रूपमा पाए पनि काम अनि दर्शकको मायाले अहिले आफूलाई खुसी मान्छेको रूपमा बदल्न पाउँदा निकै फरक अनुभूति भएको छ । अहिलेसम्म सार्वजनिक रूपमा जन्मदिन नमनाएको र जाइरा टिममसँग जन्मदिन मनाउन पाउँदा निकै खुसी भएको बताउँछिन् । चलचित्र जाइराको लागी आफूलाई हरेक कुरामा बाँधेकी नम्रता यस चलचित्र प्रति निकै आसावादी देखिन्छिन् ।

नम्रताको ३३औँ जन्मदिनमा 'जाइरा'को पोस्टर उपहार

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ, रेमनदास श्रेष्ठ लगायतको मुख्य भूमिका छ । नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् । प्रनिता श्रेष्ठ चलचित्रकी निर्माता हुन् ।