चलचित्र 'वीर विक्रम २'को समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका मेम नेपालका होस्ट प्रनेश गौतमलाई हाजिरी जमानतमा रिहा भएको २४ घण्टा बित्न नपाउँदै पुन: हिरासतमा लिइएको छ । जिल्ला अदालत काठमाडौँमा मुद्दामाथि सुनुवाइ सुरु भएको र 'हाजिरी जमानतमा उनलाई छाडिएको बताइएको थियो । शुक्रवार सुनुवाइको लागी समय नभएको कारण सुनुवाइ आइतबारको लागी सरेको छ । उनी निकट श्रोतका अनुसार साइबर क्राइम अभियोगमा उनमाथि प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बिहीबार नै पठाइसकेको छ । आइतबारको सुनुवाइ पछि आधिकारिक रूपमै उनी पूर्ण हिरासत र प्रहरीको अनुसन्धानबाट मुक्त हुनेछन् । सरकारी वकिल कार्यालयको प्राप्त निर्देशन अनुसार प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाउनेछ। हिरासत बाट छुटेपनी अदालतको सुनुवाइ नभएसम्म उनी प्रहरीको निगरानी मै हुनेछन् ।