नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठको प्रेम चर्चा नेपाली चलचित्रमा चलेको केही वर्ष भयो । आफूहरू साथीहरू मात्र भएको भन्दै आउने करिश्मा र सलोन सार्वजनिक कार्यक्रममा समेत एकसाथ पुग्ने गर्दछन् ।
करिष्माले चलचित्र एउटा साथीबाट सलोनसँगै डेव्यु गरेकी हुन । बाल कलाकार देखि नायक सम्म सलोनले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । यी दुईले साथमा चलचित्र ‘लब सब’मा पनि काम गरे ।
सलोनले आफूलाई सिने नगरीमा असल कलाकारको रूपमा परिचित गराइसकेका छन् भने करिष्मा नायिकाको रूपमा आफ्नो परिचिय बनाउन अझै सघर्ष गरिरहेकी छिन् ।
यी दुई पुनः बाबु कान्छा नामक चलचित्रमा एकसाथ देखिन्दै छन् । यसै चलचित्रबाट आफ्नो करियरले नयाँ मोड लिनेमा नायिका करिष्मा आशावादी देखिन्छिन् ।