गएको हप्ता नेपाली राजातपटमा सम्झन योग्य र महत्त्वपूर्ण खास केही भएन भन्न सकिन्छ । एक तिर चलचित्र समीक्षा काण्ड अर्को तिर हलमा बजार तताउने खालको चलचित्रको प्रदर्शन नहुनु । हलमा बलिउडमा बल्कबस्टरको ताज पाइरहेको 'भारत' प्रदर्शन भइरहेको छ जसले एउटा गतिमा अगाडी बढेका चलचित्रलाई पनि हलबाट बिदा नै गर्नु पर्ने स्थिति सृजना भयो । यसैबिच बाहिरी कुराले जति नै हलचल ल्याएता पनि नेपाली चलचित्र जगत् सधैँ झै चलायमान नै छ । 
गत हप्ताको सबैभन्दा आकर्षण र केन्द्रमा रहेको एउटा विषय हो भारतीय रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' २०१९मा तेस्रो र चौथो विजेता प्रितम र आयुशको सफलता । सिन्धुपाल्चोकका आयुष सोका चौथो विजेता हुन् उनी प्रतियोगिताको नतिजासँगै नेपाल फर्केका थिए जहाँ उनका परिवार, आफन्त र साथीहरूले स्वागत गरेका थिए । 


 

नेपाली रजतपटका सात दिन तस्बिरमा

गएको हप्ता साम्राज्ञी राज्यलक्ष्मी शाहले फरक खालको भूमिका निभाएको भनिएको चलचित्र 'मारुनी' को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको थियो । एउटै खालको भूमिकामा एकै किसिमको अभिनय मात्र गर्ने भनेर आरोप खेपेकी साम्राज्ञीको अहिले सम्मकै फरक भूमिका रहेको निर्माण पक्षका साथै उनी आफैँले बताएकी छिन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा

शुक्रवारदेखि प्रदर्शनमा आएको रियल लाइफ जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनीत चलचित्रले बिहीबार ग्राण्ड प्रीमियार सम्पन्न गरेको थियो । पहिलो पटक अन स्क्रीन जोडी बनेका यी दुईलाई चलचित्रबाट मिश्रित प्रतिक्रिया मिलिरहेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

शुक्रबार चलचित्र ‘जाइरा’मा फरक रूप र भूमिका निभाएर यसकै दौडाहामा व्यस्त नायिका नम्रता श्रेष्ठको जन्मदिन परेको थियो । आफ्नो कामलाई पुर्ण बनाउन हदसम्मको प्रयास गर्ने उनि यस चलचित्रमा (एम.एम.ए) को भूमिकामा देखिनेछिन् । 'जाइरा'टिमसँगै उनले आफ्नो ३२औँ जन्मदिन मनाइन् ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

गएको हप्ता नेपाली चलचित्र क्षेत्रमा एउटा विषयले निकै गर्मागर्मी बहस सृजना गर्‍यो । चलचित्र 'वीर विक्रम २'को गलत तरिकाले समीक्षा गरेको र कलाकार र चलचित्रको अपमान गरेको आरोपमा मेमे नेपाल नामक संस्था का होस्ट प्रनेश गौतमका पक्षमा अभिव्यक्तिको स्वतन्त्रताको माग गर्दै विरोध कार्यक्रम भए । हिरासतमा राखिएको उनको कानुनी कारबाही सुरु भयो र अन्ततः हाजिरी जमानतमा रिहा भए ।

नेपाली रजतपटका सात दिन तस्बिरमा