२०७६को सफल चलचित्रको सुचीमा 'जात्रै जात्रा'ले पनि नाम लेखाइसकेको छ । यस चलचित्रलाई दर्शक /समिक्षक दुबैले रुचाए, व्यापार पनि सन्तोषजनक गर्‍यो । एउटा सफल चलचित्र दिएपछी फेरी पनि त्यही अनुपातको सफल चलचित्र निर्माण गरुँ भन्ने सबै निर्मातामा हुन्छ नै त्यसैले 'जात्रै जात्रा'का निर्माता सिंगे लामा पनि नयाँ चलचित्र ‘के घर के डेरा’ निर्माणको लागी जुटेका छन् । काठमाडौंमा डेरामा बसोबास गर्नेहरुको कथामाथि चलचित्र बन्ने बताइएको छ । ‘के घर के डेरा’लाई सुव्रत आचार्यले निर्देशन गर्ने भएका छन् । दशैं अगाडिदेखि छायांकन सुरु हुने चलचित्रको पटकथा आगत केसी र निर्देशक आचार्यले लेखिरहेका छन् ।