आयुष्मान देशराज जोशी, शिल्पा मास्के स्टारर चलचित्र 'सानो मन' को ट्रेलर सार्वजनिक भएको छ । असार २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, लगायतका अन्य कलाकारलाई स्थान दिइएको छ । सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । समीर सुनुवार र निर्देशक गुरुङको कथा रहेको 'सानो मन' लाई योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के । मित्तल र राजेन्द्र मानन्धरले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुसाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।प्रेम, नियति अनि सपनाको कथा बोकेको चलचित्रको ट्रेलरमा आयुष्मान र शिल्पाको अभिनय दमदार देख्न सकिन्छ ।