बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ’जब हेरी मेट सेजल’ को पहिलो गीत रिलिज भएको छ। ’राधा’ बोलको यस गीतमा सुनिधि चौहान र शाहिद माल्या को आवाज रहेको छ ।
अगष्ट ४ मा रिलिज हुन लागेको फिल्म ’जब हेरी मेट सेजल’मा शाहरुख पंजाबी केटा र अनुष्का गुजरातकी केटीको भुमिकामा रहेकी छिन् । फिल्मलाई इम्तिहास अलिले निर्देशन गरेका हुन भने गौरी खानले निर्माण गरेकी हुन ।