भाष्कर प्रधानले निर्देशन गरेको चलचित्र ‘लभ यु हमेशा’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । साथै भदौ ६ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । सार्वजनिक ५ पोस्टरमा चलचित्रका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योञ्जनलाई प्राथमिकता दिइएको छ । लभ स्टोरी जनरामा निर्माण गरिएको चलचित्रको छायाङ्कन भारतको कालेबुङ, सिलगढी तथा काठमाडौँमा गरिएको छ भने केही दृश्य सिङ्गापुर र फिलिपिन्समा समेत खिचिने बताइएको छ ।
निर्देशक प्रधानकै कथा रहेको चलचित्रमा शिव ढकालको छायाङ्कन, एनबी महर्जनको एकसन, भासुको सङ्गीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा यशराच गरज, ऋचा थापा, फिजा का साथमा शिशिर राणा, गोपाल ढकाल ‘छन्दे’, पिटी योल्मा, प्रमीला राई, सल्देन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।