नवीन रावल मिलन विष्ट र टिका प्रसाईँको स्वर रहेको मनोरन्जनात्मक गीत 'चिया भन्दा कित्ली गरम' सार्वजनिक भएको छ । मिलन बिस्टको शब्द रचना रहेको गीतलाई नवीन रावलले सङ्गीत दिएका हुन् । यसै गरी गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा जिबेश सिंह गुरुङ, रियाशा दाहाल र कञ्चन खड्का फिचर्ड छन् । भिडियोमा पछिल्लो समय चर्चामा आइरहेका जिबेशको रमाइलो र फरक प्रस्तुति रहेको छ । नृत्य र भूमिकालाई सँगसँगै प्रस्तुत गरिएको भिडियोमा जिवेशको अभिनय र नृत्य अनि रियाशाको र कञ्चनको प्रस्तुति निकै खुलेको छ । युवा पुस्तालाई टार्गेट गरी बनाइएको गीतको भिडियोले जवानीको आकर्षण र प्रेम बारे बोलेको छ । गीतको भिडियोलाई राजिभ समरले निर्देशन एवम कोरियोग्राफी गरेका हुन् यसै गरी अर्जुन तिवारी लगायत टिमले खिचेको हो भने पवन सुस्लिङले सम्पादन गरेका हुन् ।