विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय विद्यार्थीका कथा समेटेर चलचित्र 'होस्टेल ब्याक अगेन' निर्माण हुने आधिकारिक जानकारी केहि समय अघि नै आएको हो । व्यवसायिक रुपमा सफल मानिएको नेपाली चलचित्र ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ब्याक अगेन’का लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ । विद्यार्थी जीवन होस्टेल बस्दाका घटना र यसले जन्माएका सम्बन्धको कथामा बनेका अघिल्ला दुई सिरिज झैँ यो सिरिजले पनि विद्यार्थी जीवनको अर्को पाटो उजागर गर्ने छ ।  

‘होस्टेल ब्याक अगेन’का लागी अमेरिकामा कास्टिंग कलको आह्वान

चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । यसैगरी चलचित्रलाई सुनिल रावलले गर्नेछन् । आबेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको र अमेरिकामा बस्ने इच्छुका आवेदकले सहभागी हुन पाउने जानकारी दिइएको छ ।